समाज

धादिङको ऐतिहासिक भैरवी मन्दिरमा पर्यटकको चहलपहल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २० गते १४:४९
धादिङको ऐतिहासिक भैरवी मन्दिरमा पर्यटकको चहलपहल (भिडियो रिपोर्टसहित)

२० मंसिर २०७८ धादिङ । धादिङको नीलकण्ठ नगरपालिकामा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वको भैरवी मन्दिरमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।

मन्दिरको पुनर्निर्माण जारी रहे पनि आन्तरिक पर्यटक भने घुमघाम र मन्दिर दर्शनका लागि पुग्ने गरेका छन् ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ स्थित सुनौला बजारमा रहेको भैरवी मन्दिर । पछिल्ला दिनमा यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको छ । यो मन्दिर पुनर्निर्माण सकिएकै छैन तर पर्यटक भने देशका विभिन्न भूभागबाट पुग्ने गरेका छन् । अग्लो स्थानमा रहेका यो मन्दिर परिसरबाट हिमालको रमणीय दृश्य पनि देख्न सकिन्छ ।

मन्दिरको आफ्नै धार्मिक तथा ऐतिहासिक महत्व पनि छ । मन्दिरमा आएर साँचो मनले चाहेको कुरा पुरा हुने धार्मिक विश्वास छ ।

शनिबार धेरै दर्शनार्थी आउने भए पनि अन्य दिनमा दैनिक एक सय देखि डेढ सयसम्म आन्तरिक पर्यटक आउने गरेको मन्दिर व्यवस्थापनको भनाइ छ ।

पर्यटन विकासको राम्रो संभावना बोकेको यस पर्यटकीय स्थलमा जाने सडकमार्ग भने कठिन छ ।

७२ सालको भूकम्पले भत्किएको यो मन्दिरको अहिले पुनर्निर्माण जारी छ । २०७६ साल फागुन २३ गते मन्दिरको शिल्यान्याश भए पनि अहिलेसम्म पुनर्निर्माण सकिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *