खेलकूद

प्रिमियर लीग टोटेनह्याम, म्यानचेष्टर युनाइटेड र एष्टन भिल्ला विजयी

हिमालय टिभी
२०७८ मंसिर २० गते ८:०५
प्रिमियर लीग टोटेनह्याम, म्यानचेष्टर युनाइटेड र एष्टन भिल्ला विजयी

२० मंसिर २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा टोटेनह्याम, म्यानचेष्टर युनाइटेड र एष्टन भिल्ला विजयी भएका छन् ।

लीग अन्तर्गत गएराति टोटेनह्यामले नर्विच सिटीलाई ३–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा टोटेनह्यामले १०औं मिनेटमै लुकास मौराको गोलबाट अग्रता लियो ।

त्यसपछि उसका लागि ६७औं मिनेटमा डाभिन्सन साञ्चेज र ७७औं मिनेटमा सन ह्यूङ मिनले गोल थपेका थिए । यससँगै लगातार तेस्रो जित निकालेको टोटेनह्याम तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । टोटेनह्यामले १४ खेलबाट २५ अंक जोडेको छ ।

उता म्यानचेष्टर युनाइटेडले क्रिष्टल प्यालेसमाथि १–० को साँघुरो जित निकाल्यो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडको जितमा ७७औं मिनेटमा फ्रेडको गोल नै निर्णायक रह्यो ।

अन्तरिम प्रशिक्षक राल्फ राङनिकको पहिलो खेलमै युनाइटेड विजयी भएको हो । जितपछि उनले युनाइटेडले सोचेभन्दा राम्रो प्रदर्शन गरेको बताए । १५ खेलबाट २४ अंक जोड्दै युनाइटेड छैटौं स्थानमा पुगेको छ ।

लीग अन्तर्गत नै एष्टल भिल्लाले लेष्टर सिटीलाई २–१ ले हराउँदा लिड्स र ब्रेन्टफोर्ड २२ को बराबरीमा रोकिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्