खेलकूद
ए डिभिजन लीगमा बिग्रेड ब्वाइजविरुद्ध आर्मीको जीत
२०७८ मंसिर १९ गते १९:१२
१९ मंसिर २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ब्रिगेड ब्वाइज क्लबमाथि १-० गोलको संघर्षपूर्ण जीत निकालेको हो ।
आर्मीलाई जित दिलाउन कप्तान भरत खवासले खेलको ८५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । आजको जितसँगै आर्मीले ३ खेलबाट ५ अंक जोडेको छ । आर्मीले अघिल्ला दुबै खेलमा बराबरी खेलेको थियो ।
आजको जीतसँगै आर्मी चौथों स्थानमा उक्लिएको छ । चार अंकसहित ब्रिगेड सातौं स्थानमा छ । खेलको म्यान अफ दि म्याच भरत खवास चुनिए । इमर्जिङ प्लेयर अफ दि म्याच ब्रिगेडका मनोज राई भए ।
प्रतिक्रिया