खेलकूद

बंगलादेशमा हुने यू–१९ महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

हिमालय टिभी
२०७८ मंसिर १९ गते १८:४६
बंगलादेशमा हुने यू–१९ महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

१९ मंसिर २०७८ काठमाडौं । बंगलादेशमा आयोजना हुने १९ वर्ष मुनिको महिला साफ फूटबल च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा भएको छ ।

मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले २३ जनाको अन्तिम नामावली सार्वजनिक गरेका हुन् । डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा आयोजना हुने प्रतियोगितामा नेपालसहित पाँच टिमको सहभागिता छ ।

नेपाल र आयोजक बंगलादेशसँगै भुटान, भारत र श्रीलंकाले प्रतियोगितामा भाग लिँदैछन् । राउण्ड रोविन लिगका आधारमा खेलाइने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।

खेल तालिका अनुसार नेपालले पहिलो खेल डिसेम्बर ११ मा बंगलादेशविरुद्ध खेल्नेछ भने १५ तारिखमा श्रीलंकाविरुद्ध र १७ तारिखमा भुटानविरुद्ध खेल्नेछ ।

लीग चरणको अन्तिम खेलमा नेपालले १९ तारिखमा भारतविरुद्ध प्रतिष्पर्धा गर्नेछ । फाइनल डिसेम्बर २२ मा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्