आर्थिक

पाल्पामा व्यावसायिक बाख्रा पालनप्रति आकर्षण बढ्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १९ गते १६:३८
पाल्पामा व्यावसायिक बाख्रा पालनप्रति आकर्षण बढ्दै (भिडियो रिपोर्टसहित)

१९ मंसिर २०७८ पाल्पा । पाल्पामा व्यावसायिक बाख्रा पालनप्रति आकर्षण बढ्दै गएको छ । आर्थिक रुपमा कमजोर व्यक्तिहरुको सशक्तिकरणमा मद्दत पुर्‍याउन व्यवसाियक बाख्रा पालन थालिएको हो ।

तानसेन नगरपालिका, हेफर प्रोजेक्ट र ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पाले बाख्रा, खोर व्यवस्थापन तथा प्राविधिक सहयोग गरेपछि पाल्पामा व्यावसायिक बाख्रापालन गर्नेको संख्या बढ्दै गएको छ । बैदेशिक रोजगारीबाट फर्किएकाहरु पनि व्यावसायिक बाख्रापालनमा रमाउन थालेका छन् ।

तानसेन नगरपालिकाको ६ वडालाई बाख्रा पकेट क्षेत्रमा रुपमा विकास गर्न थालिएको छ । किसानलाई बीउपूँजीका रुपमा बाख्रा उपहार, प्राविधिक तालिम, खोर व्यवस्थापन र घाँस खेती विस्तारमा सहयोग गरिएको छ । उपहार प्रदान गरिएका बाख्राले अहिले उत्पादन दिन थालेका छन् ।

कृषि र पशुपालनका क्षेत्रमा स्थानीय तहसँगको साझेदारीमा काम भइरहेको छ । यसले किसानलाई उद्यमशिल बनाउने अपेक्षा गरिएको छ ।

तानसेन नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउन बाख्रापालनमा केन्द्रीत भएको हो । तानसेनलाई बाख्रापालन पकेट क्षेत्रकै रुपमा विकास गरी यहाँ उत्पादित खसीको मासु जिल्लाबाहिर निकासी गर्ने स्थानीय सरकारको लक्ष्य छ ।

पहाडी जिल्ला पाल्पाका ग्रामीण क्षेत्रमा कृषि र पशुपालनको राम्रो सम्भावना छ । तर, किसानले उत्पादित कृषि तथा पशुपन्छीको उचित मुल्य पाउन मुश्किल छ । किसानले उत्पादन गरेको वस्तुको लगानीअनुसार उचित प्रतिफल पाउनका लागि सरकारले नै सुनिश्चितता गराउनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *