खेलकूद

ए डिभिजन लीगमा आज बिग्रेड ब्वाइज र आर्मीबीच प्रतिस्पर्धा हुँदै

हिमालय टिभी
२०७८ मंसिर १९ गते ९:२०
ए डिभिजन लीगमा आज बिग्रेड ब्वाइज र आर्मीबीच प्रतिस्पर्धा हुँदै

१९ मंसिर २०७८ काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लीग फूटबलको तेस्रो चरण अन्तर्गत आज एक मात्रै खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने एक मात्र खेलमा ब्रिगेड ब्वाइज क्लब र त्रिभुवन आर्मी फूटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । ब्रिगेड र आर्मीबीचको खेल अपरान्ह ४ः४५ मा शुरु हुनेछ ।

आजको खेलमा दुबै टिम तीन अङ्क जोड्ने योजनासहित मैदान उत्रनेछ । बलियो टिम आर्मीविरुद्ध मैदान उत्रदा ब्रिगेड दोस्रो जितको खोजीमा हुनेछ । ब्रिगेड दुई खेलमा ४ अङ्क जोडेर चौंथो स्थानमा रहेको छ ।

ब्रिगेडले पहिलो खेलमा एपीएफलाई ३–२ गोल अन्तरले हराएको थियो । दोस्रो खेलमा ब्रिगेडले एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो । आर्मी भने पहिलो जितको खोजीमा रहेको छ । अघिल्ला दुई खेलमा आर्मीले जित निकाल्न सकेको छैन ।

आर्मी दुई खेलमा २ अङ्क जोडेर नवौं स्थानमा रहेको छ । आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो ।तर, दोस्रो खेलमा आर्मीले मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्