खेलकूद

म्यानचेष्टर सिटी प्रिमियर लीग फूटबलको शीर्ष स्थानमा

हिमालय टिभी
२०७८ मंसिर १९ गते ८:५३
म्यानचेष्टर सिटी प्रिमियर लीग फूटबलको शीर्ष स्थानमा

१९ मंसिर २०७८ काठमाडौं । म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लीग फूटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

लीग अन्तर्गत गएराति सिटीले वाटफोर्डमाथि ३–१ को जित नतिजा निकालेको हो । अवे मैदानमा सिटीले चौथो मिनेटमै रहिम स्टरलिङको गोलबाट अग्रता बनाएको थियो ।

त्यसपछि बर्नान्डो सिल्वाले ३१औं र ६३औं मिनेटमा गोल थपेपछि सिटीले ३–० को अग्रता लियो । वाटफोर्डका लागि ७४औं मिनेटमा कुचो हर्नान्डेजले सान्त्वना गोल गरेका थिए । जितपछि १५ खेलबाट ३५ अंक जोडेको सिटी तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

यस्तै अर्को खेलमा लिभरपुलले उल्भ्सलाई १–० गोलले हरायो । उल्भ्सको मैदानमा लिभरपुललाई जित दिलाउन डिभोक ओरिगीको एकमात्र गोल नै निर्णायक रह्यो । उनले इञ्जुरी समयमा गोल गरेका थिए । जितसँगै १५ खेलबाट ३४ अंक जोडेको लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

उता यसअघि शीर्ष स्थानको चेल्सी पराजित हुँदै तेस्रो स्थानमा झरेको छ । चेल्सी वेष्ट ह्याम युनाइटेडसँग ३–२ ले स्तब्ध भएको छ । समान खेलबाट चेल्सीको ३३ अंक छ । लीग अन्तर्गत नै न्यूक्यासल युनाइटेडले बर्नलीलाई १० ले हराउँदा साउथह्याम्टन र ब्राइटन १–१ गोलको बराबरीमा रोकिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्