आर्थिक

होमस्टेमा बढ्न थाल्यो चहलपहल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १८ गते २०:४७
होमस्टेमा बढ्न थाल्यो चहलपहल (भिडियो रिपोर्टसहित)

१८ मंसिर २०७८ गुल्मी । कोरोना कहरका कारण बन्द र सुनसान रहेको गुल्मीको होमस्टेमा चहलपहल बढ्न थालेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।

गुल्मीको चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ४ रेमीमा रहेको टिमुरे सामुदायिक होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । २०७६ सालबाट मगर समुदायले सञ्चालनमा ल्याएको होमस्टे कोरोना महामारीका कारण बन्द थियो ।

कोरोनाको जोखिम कम हुँदै गएकाले आन्तरिक पर्यटनलाई खुला गरिएपछि ग्रामीण वस्तीमा रहेका होमस्टेमा चहलपहल बढ्न थालेको हो । टिमुरे सामुदायिक होमस्टेमा एक पटकमा बढीमा ३० जनासम्म पाहुना राख्न सकिन्छ ।

चन्द्रकोट गाउँपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेपछि होमस्टे सञ्चालनमा आएको हो । होमस्टेमा बसिसकेपछि सुरुमा नास्ता र खानामा स्थानीय परिकारले स्वागत गर्ने चलन छ ।

होमस्टेमा पाहुना बनेपछि स्थानीय समाज, रहनसहन, संस्कृति, बोलीचालीलाई नजिकबाट हेर्न पाइन्छ । पारिवारिक वातावरणमा आफूले खोजे जस्तो स्थानीय तरकारी तथा खानेकुरा खान पाइने भएकाले पनि अहिले होम स्टेप्रति धेरैको आकर्षण बढेको छ ।

नेपाली खाना, फापर, कोदो, मकैको रोटी, स्थानीय भटमास र गुन्द्रुक यहाँको मुख्य आकर्षणका रुपमा रहेको छ । होम स्टेका कारण एकातिर पर्यटन प्रवर्धनमा टेवा पुगेको छ भने स्थानीयबासिन्दाको अर्थतन्त्रमा समेत मद्दत पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *