समाज

तमोर करिडोर सडकको काम अन्तिम चरणमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १८ गते २०:४१
तमोर करिडोर सडकको काम अन्तिम चरणमा (भिडियो रिपोर्टसहित)

१८ मंसिर २०७८ पाँचथर । पूर्वी पहाडका जिल्लालाई प्रदेश तथा संघीय राजधानीसँग नजिक बनाउने छोटो सडक मार्गका रुपमा लिइएको पाँचथरको गणेश चोकदेखि सुनसरीको चतरासम्मको तमोर करिडोर सडकखण्डको काम अन्तिम चरणमा पुगेको छ ।

पाँचथर र धनकुटाको विभिन्न क्षेत्र जोड्ने तमोर करिडोर तमोर नदीको नजिकै भएर निर्माण गरिएको छ । तमोर नदीको किनारै किनार १० मिटर चौडा भएको सडकको ट्रयाक निर्माण तथा ट्रयाकलाई स्तरोन्नती गर्ने गरी काम अघि बढाइएको थियो । सुविधा सम्पन्न सडक बन्ने भएपछि शहरीकरण हुने भएको छ । सडकले गर्दा बिजुली र पानीको सुविधा भएपछि ती पहाडी भूभागमा बस्ती बढ्ने देखिन्छ ।

यस सडकलाई काठमाडौंसम्म जोड्ने वैकल्पिक राजमार्गको रुपमा विकास गर्न खोजिजएको छ । चतरादेखि खुर्कोट १ सय ६१ किलोमिटरमा जोडिन्छ । खुर्कोटदेखि धुलिखेल ६५ किलोमिटर र धुलिखेलबाट काठमाडौं ३१ किलोमिटर छ । यो सडकले गणेशचोकबाट सुभाङखोला, माझिटार, रानीगाउँ, स्याबरुम्बा, आङ्ना मौवा हुँदै धनकुटा जोडिन्छ ।

धनकुटाको चौविसे, साधुरे, मुलघाट, त्रिवेणी हुँदै चतरा पुग्छ । ६ अर्ब १५ करोड १४ लाख रुपैँयामा सात प्याकेजमा सडकको ठेक्का लागेको थियो । ओलाङ्चुङगोला जोड्ने उत्तर दक्षिण सडक निर्माणसँगै दुई छिमेकी मुलुकका बजार जोड्ने महत्पूर्ण सडक बन्ने अपेक्षा राखिएको छ । सडक निर्माणको काम ९६ प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जानकारी दिएको छ ।

यस आयोजनाले प्रशस्त ग्रामीण सडकलाई पनि छुने हुँदा केही ठाउँमा पुलको आवश्यकता खड्किएको छ । तमोर करिडोर क्षेत्रमा १४ वटा पुल निर्माणका लागि ठेक्का लगाउने तयारी भएको छ । ग्राबेलस्तरको सडक बन्ने काम अन्तिम चरणमा पुगेकाले कालोपत्रेका लागि ५ अर्ब ८६ करोड बराबरको लागत अनुमान गरी फाईल मन्त्रालयमा पुर्‍याइएको आयोजना प्रमुखले जानकारी दिनुभयो ।

राष्ट्रिय गौरबको आयोजनामा परेको सडक कालोपत्रे गर्नका लागि संघीय सरकारले नै तदरुकता देखाउनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *