समाज

एकीकृत भन्सार जाँच चौकी (आइसीपी) निर्माणमा ढिलाई किन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १८ गते १८:१०
एकीकृत भन्सार जाँच चौकी (आइसीपी) निर्माणमा ढिलाई किन ? (भिडियो रिपोर्टसहित)

१८ मंसिर २०७८ बाँके । नेपालगन्जस्थित नेपाल भारत सीमा क्षेत्रमा निर्माण शुरु गरिएको एकीकृत भन्सार जाँच चौकी (इन्ट्रिग्रेटेट चेक प्वाइन्ट) आइसीपी निर्माणमा ढिलाइ भएको छ ।

२ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ गत वर्ष कार्तिक २६ गते निर्माण शुरु गरिएको आइसीपीको निर्माण कार्य १ वर्ष बितिसक्दा पनि करिब २० प्रतिशत मात्रै भएको छ । निर्माण कार्यमा ढिलाइ भएकाले निर्धारित समय मै निर्माण सम्पन्न नहुने भएको छ ।

भारत सरकारको सहयोगमा २ अर्ब ३५ करोडको लागतमा नेपालगन्जमा आइसिपी निर्माण हुन लागेको हो । आइसीपी निर्माणका लागि परामर्शदाताको जिम्मेवारी भारतको राइट्स लिमिटेड र निर्माणको जिम्मेवारी राजदीप बिल्डकनले पाएको छ ।

शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालयले निर्माण कार्यमा सहजीकरण गर्दै आएको छ । कोरोना महामारी र निर्माण स्थलमा पानीको निकास नभएका कारण निर्माण कार्यमा केहि समस्या आए पनि निर्धारित समयमै सकिने निर्माण कम्पनीको दाबी छ ।

नेपालगन्ज नाकाबाट हुने आयात निर्यातलाई थप व्यवस्थित बनाउन आइसीपीको निर्माणले सहज हुने भएकाले यो सरकारको प्राथमिकता प्राप्त आयोजना हो । निर्माण कार्यमा ढिलाई भए पछि बाँकेका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले प्रत्येक १५ दिनमा आयोजना स्थल पुगेर निर्माण कार्यको प्रगति बिबरण लिने गरेका छन ।

आइसीपी भारतको रुपैडिया नाकासँग जोडिएको साढे ८८ बिघा जग्गा क्षेत्रफलमा निर्माण भइरहेको छ । आवश्यक पूर्वाधार निर्माण भए पछि भन्सार क्लियरिङ छिटो र छरितो हुनुका साथै अन्तरदेशीय व्यापार र वाणिज्यमा लाग्ने कारोबार लागत पनि घट्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *