खेलकूद

ए डिभिजन लीग फूटबलका तेस्रो चरणका खेल शुरु हुँदै

हिमालय टिभी
२०७८ मंसिर १७ गते ९:२३
ए डिभिजन लीग फूटबलका तेस्रो चरणका खेल शुरु हुँदै

१७ मंसिर २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबलमा आजदेखि तेस्रो चरणका खेल शुरु हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आजको पहिलो खेलमा फ्रेन्ड्स र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई बीचको खेल दिउँसो १ बजे शुरु हुनेछ । फ्रेन्ड्स पहिलो जितको खोजीमा हुनेछ । फ्रेन्ड्स २ खेलमा १ अंक जोडेर दशौँ स्थानमा रहेको छ । थ्री स्टारले २ खेलबाट ३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

यस्तै दोस्रो खेलमा सातदोबाटो युथ क्लब र एपीएफ फूटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई बीचको खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ । आज दुबै टिम तीन अंक जोड्ने योजनामा हुने छन् ।

पहिलो पटक शीर्ष लीग खेलिरहेको सातदोबाटो २ खेलमा ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । एपीएफ भने पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ । अंक विहीन रहेको एपीएफ १३ औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्