खेलकूद

ला लिगामा एथ्लेटिको बिल्बाओविरुद्ध रियल मड्रिड विजयी

हिमालय टिभी
२०७८ मंसिर १६ गते ७:४७
ला लिगामा एथ्लेटिको बिल्बाओविरुद्ध रियल मड्रिड विजयी

१६ मंसिर २०७८ काठमाडौं । स्पेनिस ला लिगा फूटबल शीर्ष स्थानको रियल मड्रिड विजयी भएको छ ।

घरेलु मैदानमा रियलले एथ्लेटिको बिल्बाओमाथि १–० को साँघुरो जित निकालेको हो । रियलका लागि ४० औं मिनेटमा करिम बेञ्जिमाले गरेको गोल नै निर्णायक रह्यो ।

जितसँगै रियलले दोस्रो स्थानको एट्लेटिको मड्रिडसँगको अग्रता सात अंकले बढाएको छ ।

रियलले १५ खेलबाट ३६ अंक जोडेको छ । एक खेल कम खेलेको एट्लेटिकोको २९ अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्