खेलकूद

प्रिमियर लीगमा चेल्सी, म्यानचेष्टर सिटी र लिभरपुल विजयी

हिमालय टिभी
२०७८ मंसिर १६ गते ७:३९
प्रिमियर लीगमा चेल्सी, म्यानचेष्टर सिटी र लिभरपुल विजयी

१६ मंसिर २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा चेल्सी, म्यानचेष्टर सिटी र लिभरपुल विजयी भएका छन् ।

लीग अन्तर्गत शीर्ष स्थानको चेल्सीले वाटफोर्डलाई २–१ गोलले हरायो । अवे मैदानमा चेल्सीले २९औं मिनेटमा मासन माउन्टको गोलबाट अग्रता लिएको थियो ।

लगत्तै ४३औं मिनेटमा वाटफोर्डका इम्मानुएल डेनिसले गोल फर्काउँदै खेल १–१ को बराबरी गरेका थिए । ७२औं मिनेटमा हाकिम जियचले गोल थपेसँगै चेल्सी २–१ ले विजयी भएको हो । १४ खेलको समाप्तिमा चेल्सीले ३३ अंक जोडेको छ ।

त्यस्तै अर्को खेलमा अवे मैदानमै सिटीले पनि एष्टन भिल्लामाथि २–१ को नै जित निकाल्यो । सिटीकातर्फबाट २७औं मिनेटमा रूबेन डायस र ४३औं मिनेटमा बर्नान्डो सिल्वाले गोल गरे । भिल्लाकातर्फबाट ४७औं मिनेट ओली वाटकिंग्सले एक गोल फर्काए । समान खेलबाट ३२ अंकका साथ सिटी दोस्रो स्थानमा कायमै छ ।

उता तेस्रो स्थानको लिभरपुलले एभर्टनलाई ४–१ ले हरायो । एभर्टनको जितमा मोहम्मेद सालाहले दुई तथा जोर्डन हेन्डरसन र डिएगो जोटाले एक(एक गोल गरे । हेन्डरसनले नवौं मिनेटमै लिभरपुलाई अग्रता दिलाएका थिए ।

त्यसपछि लिभरपुलका लागि सलाहले १९औं र ६४औं मिनेटमा गरी दुई गोल थपेका थिए । ३८औं मिनेटमा एभर्टनका डेमारी ग्रे ले गोल गरे । तर ७९औं मिनेटमा जोटाले गोल गरेपछि लिभरपुल समग्रमा ४–१ गोलले विजयी भएको हो । समान खेलबाट लिभरपुलको ३१ अंक छ । लीगका शीर्ष तीन टोलीबीच एक(एक अंकको फरक रहेको छ ।

लीग अन्तर्गत नै लेष्टर सिटी र साउथह्याम्टन २–२, ब्राइटन तथा वेष्ट ह्याम युनाइटेड ११ र बर्नली र उल्फ्स गोलरहित बराबरीमा रोकिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्