समाज

बाली लगाउने बेला किसानलाई मल पाउन यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १५ गते १८:०३
बाली लगाउने बेला किसानलाई मल पाउन यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

१५ मंसिर २०७८ सुनसरी । सुनसरीका किसान यतिबेला धानबाली उठाएर गहुँबाली लगाउने तयारीमा छन् । गहुँबाली लगाउन रासायनिक मल आवश्यक मात्रामा नपाउँदा भने उनीहरु समस्यामा छन् ।

रासायनिक मलका लागि सुनसरीको इनरुवामा रहेको सहकारी संस्था लिमिटेडमा किसानहरु बिहानैदेखि लाम लाग्छन् । लाम लाग्ने मात्रै होइन, मलकै लागि किसानहरु एक अर्कासँग तँछाडमछाड समेत गर्छन् ।

तर जति तँछाडमछाड गरेपनि उनीहरुले प्रतिव्यक्ति १० केजी मात्रै मल पाउँछन् । अनि चारपाँच विघा जमिनमा खेती गरिरहेका उनीहरु निरास हुँदै घर फर्कन बाध्य हुन्छन् ।

आवश्यक मल नपाउँदा, खेतमा गहुँ बाली लगाउन ढिला भैसकेको छ । दिनहुँ मलका लागि लाम लाग्दा बाली लगाउनेदेखि खनजोतमा समेत किसानले समय दिन सकेका छैनन् । साल्ट ट्रेडिङ र कृषि सामग्री लिमिटेडमै आवश्यकता अनुसारको मल आपुर्ति नहुँदा किसानलाई आवश्यक मल दिन नसकेको सहकारीको भनाइ छ ।

सुनसरीका किसानले यो वर्ष बेमौसमी वर्षाका कारण धानबालीबाट ठूलो क्षति व्यहोर्नू पर्‍यो । गहुँबालीबाट त्यसको क्षतिपूर्ति लिने तयारीमा रहेका किसानमा मल अभावका कारण झनै निराशा बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *