खेलकूद
प्रिमियर लीगमा क्रिष्टल प्यालेसविरुद्ध लिड्स युनाइटेडको जित
२०७८ मंसिर १५ गते ८:३९

१५ मंसिर २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिड्स युनाइटेड विजयी भएको छ ।
प्रिमियर लीग अन्तर्गत लिड्सले क्रिष्टल प्यालेसमाथि १–० को जित निकालेको हो । लिड्सको जितमा खेलको अन्तिम इञ्जुरी समयमा रापिन्हाले पेनाल्टीमार्फत गोल गरेका थिए ।
जितपछि १४ खेलबाट १५ अंक जोड्दै लिड्स १५औं स्थानमा उक्लिएको छ । उता १२औं स्थानको क्रिष्टल प्यालेसको समान खेलबाट १६ अंक छ ।
लीगकै अर्को खेलमा रेलिगेगन जोनका दुई टोली नर्विच सिटी र न्यूक्यासल युनाइटेडले १(१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
प्रतिक्रिया