खेलकूद

महिला फूटबलमा लात्भियाविरुद्ध इंग्ल्याण्डको २०–० गोलको जित

हिमालय टिभी
२०७८ मंसिर १५ गते ८:३२
महिला फूटबलमा लात्भियाविरुद्ध इंग्ल्याण्डको २०–० गोलको जित

१५ मंसिर २०७८ काठमाडौं । इंग्ल्याण्डको महिला फूटबल टोलीले लात्भियामाथि शानदार जित निकालेको छ ।

इंग्ल्याण्डले लात्भियामाथि कीर्तिमानी २०–० को जित निकालेको हो । इंग्ल्याण्डको फूटबलकै इतिहासमा अहिलेसम्मकै ठूलो जित निकाल्ने क्रममा चार खेलाडीले ह्याट्रिक गरे ।

इंग्ल्याण्डकी मिड, इलेन ह्वाइट, हेम्प र रुसोले ह्याट्रिक पूरा गरेका थिए । त्यस्तै ह्वाइटले ब्यक्तिगत कीर्तिमान बनाइन् । उनी इंग्ल्याण्डका लागि धेरै गोल गर्ने खेलाडीको सूचीको शीर्ष स्थानमा उक्लिएकी छिन् ।

ह्वाइटको कूल गोलसंख्या ४८ भएको छ । अब ह्वाइटले अर्को खेलमा दुई गोल गरेमा ब्यक्तिगत नयाँ कीर्तिमान बनाउने छिन् । उनी इंग्ल्याण्ड महिला फूटबलका लागि ५० गोल पूरा गर्ने पहिलो खेलाडी बन्ने छिन् । इंग्ल्याण्डका लागि मिडले तेस्रो, १२ औं र २३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन् भने ह्वाइटले छैटौं, नवौं र ४९ औं मिनेटमा गोल गरिन् ।

यस्तै हेम्पले १८ औं, ४४ औं, ७६ औं र ८८ औं मिनेटमा गोल गरेकी थिइन् । त्यस्तै रुसोले ७१ औं, ८१ औं, ८२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन् ।

यस्तै टोनीले ४२ औं, स्टावेले ५२ औं, कार्टेरले ५६ औं, इंग्ल्याण्डले ६१ औं र ८४ औं र स्कटले ६७ औं तथा नोब्सले ८० औं मिनेटमा गोल थपेका थिए । सन् २००५ पछि इंग्ल्याण्डको यो ठूलो गोल अन्तरको जित पछि हो । त्यसबेला इंग्ल्याण्डले हंगेरीलाई १३(० ले पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्