विदेश
अमेरिकाको एक विद्यालयमा गोली प्रहार, तीन जना विद्यार्थीको मृत्यु
२०७८ मंसिर १५ गते ८:१७

१५ मंसिर २०७८ न्युयोर्क । अमेरिकाको मिशिगन राज्यको अक्सफोर्ड शहरको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ ।
शिक्षकसहित आठ जना घाइते भएका छन् । मृत्यु हुनेमा १६ वर्षीय छात्र र १४ र १७ वर्षीया छात्रा रहेको अधिकारीहरूले जनाएका छन् ।
प्रहरीका अनुसार १५ वर्षीय संदिग्ध एक्लैले सेमी अटोमेटिक ह्यान्डगनले १५ देखि २० गोली हानेका थिए । आक्रमणको उद्धेश्य भने खुल्न सकेको छैन । संदिग्ध आक्रमणकारीले घटनाको केही समय पछि नै आत्मसमर्पण गरेका थिए ।
अमेरिकामा हालैका वर्षहरूमा विद्यालयमा गोलीबारीका घटना लगातार बढ्दै गएको छन् । सन् २०२१ मा १ सय ३८ वटा यस्ता घटना भएका थिए ।
प्रतिक्रिया