खेलकूद

उत्कृष्ट खेलाडी बन्दै मेस्सीले जिते बालोन डिओर को उपाधि

हिमालय टिभी
२०७८ मंसिर १४ गते ८:२०
उत्कृष्ट खेलाडी बन्दै मेस्सीले जिते बालोन डिओर को उपाधि

१४ मंसिर २०७८ काठमाडौं । लियोनेल मेस्सी २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डिुओर को उपाधि जितेका छन् ।

अर्जेन्टिना खेलाडी तथा फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेनका फरवार्ड मेस्सीले कीर्तिमानी सातौ पटक अवार्ड जितेका हुन् । उनी बालोन डिुओर जित्ने पीएसजीका पहिलो खेलाडी समेत बने । ३४ वर्षीय मेस्सीले पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई पछि पार्दै उत्कृष्ट खेलाडी बने ।

मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । यो उनको पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि थियो । यसअघि मेस्सीले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा अवार्ड जितेका थिए । लेवान्डोस्की दोस्रो, जोर्गिन्हो तेस्रो र करिम बेञ्जिमा चौथो स्थानमा रहे ।

क्रिष्टियानो रोनाल्डो छैटौं स्थानमा सीमित बने । फ्रेञ्च फूटबलले विश्वकभरका पत्रकार, राष्ट्रिय टोलीका कप्तान र प्रशिक्षकहरुको भोटको आधारमा विजेता घोषणा गर्ने गर्दछ ।

उता महिलातर्फको बालोन डीुओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् । यस्तै जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले स्ट्राइकर अफ दि इयर हात पारे ।

बार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्रीले २१ वर्ष मुनीको उत्कृष्ट खेलाडी बन्दै कोपा ट्रफी प्राप्त गरे । इटालीका गोलकिपर जियानलुगी डोनारुम्माले यासिन ट्रफी प्राप्त गरे । क्लब अफ दि इयरको अवार्ड चेल्सीले जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्