खेलकूद

ए डिभिजन लीगमा बिग्रेड ब्वाइज र एनआरटीले अंक बाँडे

हिमालय टिभी
२०७८ मंसिर १३ गते १७:१९
ए डिभिजन लीगमा बिग्रेड ब्वाइज र एनआरटीले अंक बाँडे

१३ मंसिर २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरणमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र न्युरोड टिम (एनआरटी)बीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

दशरथ रंगशाला त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा बीबीसी र एनआरटीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा दुवै टोलीले पाएका केही अवसर सदुपयोग गर्न सकेनन् ।

१८ औं मिनेटमा एनआरटीका दर्शन गुरुङको प्रहार ब्रिगेडका गोलकिपर पूर्ण लिम्बू चेम्जोङले बचाए । पहिलो हाफको अन्तिममा एनआरटीका रञ्जन विष्ट राम्रो मौका गुमाए । इन्जुरी समयमा बिबिसीका रुडीको प्रहारलाई एनआरटीका गोलरक्षकले उत्कृष्ट बचाउ गरे ।

बराबरीसँगै अपराजित बिबिसीले ४ अंक जोडेको छ । बीबीले पहिलो खेलमा एपीएफ क्लबलाई ३–२ ले हराएको थियो । पहिलो खेलमा मछिन्द्र क्लबसँग हारेको एनआरटीले भने लीगमा १ अंक जोडेको छ ।

लिगको आजको दोस्रो खेलमा साविक विजेता मछिन्द्र क्लब र उपविजेता त्रिभुवन आर्मी फूटबल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्