खेलकूद
’ए’ डिभिजन लीग फूटबलमा आज दुई खेल हुने
२०७८ मंसिर १३ गते ९:३७

१३ मंसिर २०७८ काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लीग फूटबलमा आज दुई खेल हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दोस्रो चरणअन्तर्गतको अन्तिम दुई खेल हुन लागेको हो । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।
ब्रिगेड र एनआरटीबीचको खेल दिउँसो १ बजे बाट शुरु हुनेछ ।दोस्रो खेलमा साविक विजेता मछिन्द्र एफसी र उपविजेता त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
मछिन्द्र र आर्मीबीचको खेल ४ः४५ बजे शुरु हुनेछ । मछिन्द्र ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ भने आर्मी पहिलो जितको खोजीमा हुनेछ ।
प्रतिक्रिया