खेलकूद

ए डिभिजन लीग फूटबलमा आज जावलाखेल र पुलिस भिड्दै

हिमालय टिभी
२०७८ मंसिर १२ गते ८:४१
ए डिभिजन लीग फूटबलमा आज जावलाखेल र पुलिस भिड्दै

१२ मंसिर २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबलमा आज जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच खेल हुँदैछ ।

आज हुने एक मात्र खेलमा जावलाखेल र पुलिसबीच प्रतिस्पर्धा हुनेछ । जारी लीगमा जावलाखेल र पुलिस पहिलो जितको खोजीमा रहनेछन् ।

जावलाखेल यसअघिको खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग १–० ले पराजित भएको थियो भने पुलिसले डर्बी क्लब त्रिभुवन आर्मीसँग ११ गोलको बराबरी खेलेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो एक बजे शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्