खेलकूद

आईसीसी महिला विश्वकप एसिया छनोटमा आज नेपाल र यूएई भिड्दै

हिमालय टिभी
२०७८ मंसिर १२ गते ८:३६
आईसीसी महिला विश्वकप एसिया छनोटमा आज नेपाल र यूएई भिड्दै

१२ मंसिर २०७८ काठमाडौं । आईसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा आज नेपाल र यूएईबीच खेल हुनेछ ।

एसिया छनोटको अन्तिम खेलमा नेपालले आज आयोजक यूएईविरुद्ध प्रतिस्पर्धा गर्दैछ । ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपाललाई आज जित्नैपर्ने हुन्छ । तर छनोट हुन नेपाललाई जित मात्र पर्याप्त नभई नेट रनरेटमा समेत सुधार गर्नुपर्ने हुन्छ ।

अहिलेसम्म सहभागी सबै ६ टोलीले चार–चार खेल खेलिसकेका छन् र एक खेलमात्र खेल्न बाँकी छ । अपराजित यूएई ८ अंकसहित शीर्ष स्थानमा रहँदा ६ अंकसहित नेपाल दोस्रो तथा ६ अंक नै जोडेको हङकङ तेस्रो स्थानमा छन् । नेट रनरेटमा पनि यूएई सबैभन्दा अघि छ।

नेपाल र यूएई मध्ये एक टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् । नेपालले पहिलो खेलमा हङकङसँग ६ विकेटको हार व्यहोरेको थियो । तर त्यसपछिका तीन खेलमा भने जित निकाल्दै आएको छ ।

नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले, तेस्रो खेलमा कुवेतलाई ९ विकेटले र चौथो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

राउण्ड रोबिन अनुसार खेलाइने ६ टोली सहभागी छनोटको विजेताले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ । दुबईस्थित आईसीसी एकेडेमीमा खेल बिहान सवार एघार बजे शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्