आर्थिक

एमाले महाधिवेशनका कारण चितवनको सौराहामा पर्यटकीय गतिविध बढ्यो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ११ गते २०:४९
एमाले महाधिवेशनका कारण चितवनको सौराहामा पर्यटकीय गतिविध बढ्यो  (भिडियो रिपोर्टसहित)

११ मंसिर २०७८ चितवन । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका कारण चितवनको सौराहामा पर्यटकीय गतिविध बढेको छ । महाधिवेशनका लागि सौराहामा जम्मा भएका नेता, प्रतिनिधि तथा कार्यकर्ताहरु पर्यटकीय गतिविधिमा सहभागी भएका हुन् ।

देशकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको चितवन अहिले एमालेमय भएको छ । पार्टीको महाधिवेशनमा सहभागी हुन चितवन आएकाहरु विभिन्न पर्यटकीय गतिविधिमा संलग्न भएका छन् ।

निकुञ्जमा पाइने दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, गोही, हरिणलगायतका जनावर देख्न पाउँदा नेता तथा कार्यकर्ता खुसी देखिएका छन् ।

कोरोनाका कारण लामो समय बन्दप्राय रहेको चितवनको पर्यटकीय गतिविधिमा एमाले महाधिवेशनले नयाँ तरङ्ग ल्याएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने वनमा सफारीमा जाँदा गैँडा, चराचुरुङ्गी, चित्तल, बँदेल, गोही तथा चितुवा सहजै देख्न सकिन्छ ।

सुस्त रहेको चितवनको पर्यटकीय गतिविधिमा एमाले महाधिवेशनले उत्साह थपेको छ । देशका ७७ वटै जिल्लाका ७ सय ५३ वटै स्थानीय तहबाट आएका प्रतिनिधिहरुका कारण चितवनको पर्यटकीय गतिविधिमा दीर्घकालीन रुपमा प्रभाव पर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *