आर्थिक

किरा लागेर तरकारी सखाप, किसान चिन्तित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ११ गते १९:००
किरा लागेर तरकारी सखाप, किसान चिन्तित (भिडियो रिपोर्टसहित)

११ मंसिर २०७८ सुर्खेत । तरकारी खेतीमा रोग लागेपछि त्यसमै भविष्य खोजिरहेका सुर्खेतको पूर्वी क्षेत्रका किसान चिन्तित भएका छन् ।

लामो सयमदेखि व्यवसायिक तरकारी खेतीमा होमिएका सिम्ता गाउँपालिकाका किसान बेमौसमी वर्षाले तरकारीमा किरा लागेर सखाप बनाएपछि चिन्तित बनेका हुन् ।

सुर्खेतको सिम्ता गाउँपालिकाको वडा नम्बर ६ राकममा किसानले लामो समयदेखि व्यवसायिक तरकारी खेती गर्दै आएका छन् । जमुनेबजार तरकारी पकेट क्षेत्र सञ्चालन गरेर राकममा भाडामा लिएको करिव दुई सय विगाह जमिनमा व्यावसायिक तरकारी खेती गरिँदै आएको हो ।

तर कार्तिक पहिलो साता परेको वेमौसमी वर्षापछि अहिले बारीमा रहेको तरकारी किराले सखाप बनाएको छ । बजार पठाउन तयारी अवस्थामा रहेको टमाटर, काउली, आलु बन्दा लगायत तरकारीमा रोग र किरा लागेपछि बारीमै खेर गएको छ।

यो क्षेत्रमा व्यवसायीक खेती सुरु गरिएपछि तरकारी उत्पादनमा वृद्धि भएको थियो । बजारको समस्या पनि थिएन । तर यो पटक तरकारीमा किरा लागेपछि लगानी खेर जाने चिन्तामा किसान छन् । आम्दानीको मुख्य स्रोत बनेको तरकारीमै किरा लागेपछि किसानलाई घर खर्च चलाउन र जग्गाको भाडा तिर्न समेत मुस्किल परेको छ ।

राकममा २१ जना किसानले सामुहिक तरकारी खेती गर्दै आएका छन् । रोग नियन्त्रणका लागि विभिन्न विषादीको प्रयोग गर्दा पनि नियन्त्रणमा नआएको किसान बताउँछन् । झण्डै २४ लाखको लागतमा गरिएको तरकारी खेतीमा १८ लाख कृषि विकास निर्देशनालयले सहयोग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *