समाज

ढुङ्गे युगमा जस्तै कुवाको पानी खोजेर खानुपर्ने यस्तो बाध्यता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ११ गते १८:५५
ढुङ्गे युगमा जस्तै कुवाको पानी खोजेर खानुपर्ने यस्तो बाध्यता (भिडियो रिपोर्टसहित)

११ मंसिर २०७८ बागलुङ । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लिवाङ लुप्राङमा खानेपानीको समस्या छ । बस्ती नजिकै खानेपानीको मुहान नहुँदा विशेषगरी हिउँदमा स्थानीयले खानेपानीको बढी समस्या झेल्दै आएका छन् ।

गाउँपालिकाको वडा नम्बर ९ बनौँमा प्रसस्त पानीको श्रोत भएपनि विभिन्न बाहना बनाएर छिमेकी गाउँलाई नदिँदा नाग्लिवाङका करिब एक सय ५० परिवारले ढुङ्गे युगको जस्तै कुवाको पानी खोजेर खानुपर्ने बाध्यता छ ।

बस्ती नजिकै पानीको श्रोत नहुनु र छिमेकी वडा बनौँले विभिन्न बाहना बनाउँदै अड्को थाप्दा पर्वतको नाग्लिवाङमा खानेपानीको समस्या भएको हो । गाउँपालिकाका अन्य वडामा ‘एक घर एक धारा’ नीति लागू भैसकेको भए पनि यहाँको समस्या भने ज्यूँका त्युँ छ ।

खानेपानीको सुविधा नहुँदा कतिपयले बसाईसराई गरिसकेका छन् । कतिपय अहिले बसाईसराईको तयारीमा छन् । चुनावको प्रचारप्रसारमा आउँदा पानी ल्याउछौँ भन्ने तर चुनाव जितेपछि कुनै पनि काम नगरेको आरोप जनप्रतिनिधीलाई लाग्दै आएको छ ।

वडा नम्बर नौ बनौँ र वडा नम्बर आठ नाग्लिवाङ आफैं सहकार्य गरेर अगाडी बढेमा मात्र खानेपानीको दिगो समाधान हुनेछ ।

दुई वटा वडाबीच बिभिन्न बाहानाले मुहानको विवाद हुँदा लामो समयदेखि बनौँले खानेपानीको समस्या भोग्दै आएको हो । यो समस्याको समाधानका लागि गाउँपालिका तथा स्थानीय जनप्रतिनिधिले पहलकदमी लिन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *