आर्थिक

एमाले महाधिवेशनले सौराहाका हाेटलहरु मालामाल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १० गते २१:०८
एमाले महाधिवेशनले सौराहाका हाेटलहरु मालामाल (भिडियो रिपोर्टसहित)

१० मंसिर २०७८ चितवन । नेकपा एमालेको दशौं महाधिवेशनले यतिबेला चितवनको पर्यटकीय नगरि सौराहाका होटलहरु भरिभराउ छ । अन्य व्यवसायीलाई पनि भ्याइनभ्याई छ । विगत दुई वर्षदेखि कोरोनाले शिथिल यस क्षेत्रको व्यवसायलाई चलायमान बनाउन महाधिवेशनले निकै ठूलो भूमिका खेलेको छ । जसको कारण व्यवसायीहरु निकै उत्साही छन् ।

नेकपा एमालेले महाधिवेशनमा सहभागी प्रतिनिधि तथा पाहुनाका लागि सौराहका होटलका ४ हजार कोठा बुक गरिएको छ। आफ्ना प्रतिनिधिको खाना र बसोबासको व्यवस्थापनको क्रममा १ करोड ६० लाख रुपैयाँभन्दा बढी खर्च हुने एमालेले जनाएको छ।

विभिन्न जिल्लाबाट महाधिवेशन अवलोकन गर्न आएका कार्यकर्ता र शुभेच्छुकले पनि उत्तिकै संख्यामा होटलहरु बुक गरेका छन् । सौराहाका होटलमा ६५ सय कोठा छ । ति सबै बुक भएका छन् । कोरोना महामारीले व्यापार, व्यवसाय शिथिल भएपछि निराश बनेका व्यवसायी महाधिवेशनका कारण बढेको व्यापारले निकै उत्साही छन् ।

सौराहामा सडकमा चिया बेच्नेदेखि, रेष्टुरेन्ट संचालन गर्ने, हात्ती सफारी, जिप सफारी गराउने सबैको व्यवसाय निकै फस्टाएको छ । एमालेले महाधिवेशन चितवनमै गर्नु व्यवसायीको लागि सौभाग्य भएको उनीहरुको तर्क छ ।

महाधिवेशन अवधिमा सौराहामा ६ करोडभन्दा बढीको कारोबार हुने अनुमान व्यवसायीको छ । पाहुनको चापका कारण गुणस्तरीय सेवा दिन नसकिने हो कि भन्ने चिन्तामा व्यवसायी परेका छन् ।

कोरोना संक्रमणको जोखिम कम भएर अवस्था सामान्य भइसक्दा पनि सौराहामा आशा गरे जति अझै विदेशी र स्वदेशी पर्यटक आइपुगेका थिएनन । तर अब भने सौराहको पर्यटनले नयाँ मोड लिने अपेक्षामा व्यवसायी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *