आर्थिक

ऊर्जा क्षेत्रको विकासका लागि एडीबीले ७ अर्ब ८ करोड ऋण सहयोग गर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १० गते १७:४९
ऊर्जा क्षेत्रको विकासका लागि एडीबीले ७ अर्ब ८ करोड ऋण सहयोग गर्ने (भिडियो रिपोर्टसहित)

१० मंसिर २०७८ काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले ऊर्जा क्षेत्रको विकासका लागि ७ अर्ब ८ करोड रुपैयाँ बराबरको ऋण सहयोग गर्ने भएको छ ।

अर्थमन्त्रालयमा आज एक कार्यक्रममा एडीबी र अर्थमन्त्रालबीच नेपालको ऊर्जा क्षेत्रको विकासका लागि ऋण सहायतासम्बन्धी सम्झौता भएको हो । सम्झौतामा अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी र एडीबीकोतर्फबाट नेपाल निर्देशक अर्नाउड काचोइसले हस्ताक्षर गर्नुभयो ।

सम्झौतापछि अर्थमन्त्रालयका सचिव मरासिनीले नेपालमा विद्युत ग्रिडलाई आधुनिक बनाउँदै थप सेवा सुविधा र विस्तार गर्नुपर्ने भएकाले एडीबीसँग विद्युत ग्रिड आधुनिक परियोजनाको लागि थप आर्थिक सहयोगका लागि सम्झौता भएको बताउनुभयो ।

एडीबीका नेपाल निर्देशक अर्नाउड काचोइसले एडीबीको जलविद्युतमा ठूलो लगानी रहेको बताउनुभयो ।

एडीबीले उपलब्ध गराउने ऋण सहायताको रकम विद्युत प्राधिकरणमार्फत विद्यूत ग्रिड परियोजना कार्यान्वयनका लागि खर्च गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *