खेलकूद

ए डिभिजन लीगमा आजदेखि दोस्रो चरणका खेल हुँदै

हिमालय टिभी
२०७८ मंसिर १० गते ९:२८
ए डिभिजन लीगमा आजदेखि दोस्रो चरणका खेल हुँदै

१० मंसिर २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फुटबलमा आजदेखि दोस्रो चरणका खेल हुँदैछन् ।

दोस्रो चरणको पहिलो खेलमा आज सातदोबाटो युथ क्लब र थ्री स्टार क्लब खेल्नेछन् । यो खेल दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

पहिलो खेलमा सातदोबाटोले फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो । पहिलो खेलमा च्यासल युथ क्लबलाई ३÷० ले हराउँदै थ्री स्टार लिगको शीर्ष स्थानमा छ ।

लीगअन्तर्गत दोस्रो खेलमा आजै सङ्कटा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल साँझ पौने ५ बजे हुनेछ ।

सङ्कटाले पहिलो खेलमा हिमालयन शेर्पासँग १÷१ गोलको बराबरी खेलेको थियो । फ्रेन्ड्सले भने गोलरहित बराबरी खेलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्