खेलकूद

म्यानचेष्टर सिटी र रियल मड्रिड च्याम्पियन्स लीगको अन्तिम १६ मा प्रवेश

हिमालय टिभी
२०७८ मंसिर ९ गते ७:५९
म्यानचेष्टर सिटी र रियल मड्रिड च्याम्पियन्स लीगको अन्तिम १६ मा प्रवेश

९ मंसिर २०७८ काठमाडौं । म्यानचेष्टर सिटी र रियल मड्रिड च्याम्पियन्स लीग फुटबलको अन्तिम १६ मा पुगेका छन् ।

लीग अन्तर्गत समूह ए मा पेरिस सेन्ट जर्मेनलाई २–१ गोलले पराजित गर्दै सिटी समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको हो । सिटीको घरेलु मैदान इतिहाद रंगशालामा पीएसजीले ५०औं मिनेटमा केलिएन एम्बाप्पेको गोलबाट अग्रता लिएको थियो ।

तर त्यसपछि सिटीले लगातार दुई गोल फर्काउन सफल भएको थियो । उसका लागि ६३औं मिनेटमा रहिम स्टरलिङ र ७६औं मिनेटमा गेबरियल जिससले गोल गरे । सिटीले ५ खेलबाट १२ अंक जोड्दा दोस्रो स्थानको पिएसजीको समान खेलबाट ८ अंक छ ।

पीएसजीले पनि अन्तिम १६ मा स्थान बनाइसकेको छ। यही समूहको अर्को खेलमा आरबी लाइप्जिगले क्लब ब्रुगेसमाथि ५–० को जित निकाल्यो ।

त्यस्तै समूह समूह डी बाट रियल मड्रिडले अन्तिम १६ मा स्थान सुरक्षित पारेको छ । सेरिफ टिरास्पोलमाथि ३–० को नजिता निकाल्दै रियलले नकआउट चरणमा पुगेको हो । रियलको जितमा ३०औं मिनेटमा डाबिड अलाबा, इञ्जुरी समयमा टोनी क्रुस र ५५औं मिनेटमा करिम बेञ्जिमाले गोल गरे ।

शीर्ष स्थानमा उक्लिँदै रियलले ५ खेलबाट १२ अंक जोडेको छ । यही समूहको अर्को खेलमा इन्टर मिलानले साक्टर डोनेस्कलाई २–० ले हरायो । दोस्रो स्थानको इन्टरले १० अंक जोड्दै नकआउट चरणमा प्रवेश गरेको छ।

उता समूह बी मा लिभरपुलले पोर्टोलाई २–० र एसी मिलानले एट्लेटिको मड्रिडलाई १–० ले हराए । अपराजित रहँदै शीर्ष स्थानको लिभरपुल यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ ।

समूहको दोस्रो स्थानमा रहेको पोर्टोको समान खेलबाट ५ अंक हुँदा एसी मिलान र एट्लेटिको मड्रिडको समान ४४ अंक छ। यस समूहबाट पोर्टो, एसी मिलान र मड्रिड मध्ये एक टोली नकआउट चरणमा प्रवेश गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्