बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामाः अर्थमन्त्री शर्मा (भिडियो रिपोर्टसहित)
८ मंसिर २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले काठमाडौंमा आज गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त रहेकाले कोभिड पछिको आर्थिक पुनरूउत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत दिन नसकेको बताउनुभयो ।
अहिलेको राजस्वले चालू खर्च पनि धान्न मुस्किल भएका बेला नीजी क्षेत्र स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीसीडी रेसियो हटाएकाले अहिले बजारमा तरलताको अभाव नभएको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोरना महामारीका कारण थला परेका पर्यटन, संचार, साना तथा मझौला उद्यम व्यवसायका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।
गोल्छाले नेपालमा पूर्वाधार विकासका लागि (एमसीसी) सहयोग लिनु पर्ने बताउनुभयो ।
प्रतिक्रिया