खेलकूद

राखेपका पूर्वउपाध्यक्ष शेर्पाको निधन

हिमालय टिभी
२०७८ मंसिर ८ गते १२:५०
राखेपका पूर्वउपाध्यक्ष शेर्पाको निधन

८ मंसिर २०७८ काठमाडौं । राष्ट्रिय खेलकूद परिषद्का पूर्व उपाध्यक्ष तथा बाँस्केटबल संघका पूर्वअध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ।

लामो समयदेखि अस्वस्थ रहनु भएका शेर्पाको ५० वर्षको उमेरमा आज विहान निधन भएको हो । पछिल्लो तीन वर्षदेखि नशासम्बन्धी रोगबाट पीडित उहाँको काठमाडौंको विशालनगरस्थित ओरिगन केयर होममा उपचार भइरहेको थियो ।

उहाँको नेपालसहित अमेरिका, भारत र चीन लगायत देशमा उपचार भएपनि स्वास्थ्यमा सुधार भएको थियो ।

शर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकूद महासंघका पूर्व महासचिव समेत हुनुहुन्थ्यो । शेर्पाको आजै बौद्धस्थित शेर्पा गुम्बामा अन्तिम संस्कार हुने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्