खेलकूद

म्यानचेष्टर युनाइटेड र चेल्सी च्याम्पियन्स लीग अन्तिम १६ मा प्रवेश

हिमालय टिभी
२०७८ मंसिर ८ गते ८:१५
म्यानचेष्टर युनाइटेड र चेल्सी च्याम्पियन्स लीग अन्तिम १६ मा प्रवेश

८ मंसिर २०७८ काठमाडौं । म्यानचेष्टर युनाइटेड र चेल्सी च्याम्पियन्स लीग फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

लीग अन्तर्गत समूह एफमा युनाइटेडले भिल्लारियालमाथि २–० को सहज जित निकालेको हो । युनाइटेडको जितमा क्रिष्टियानो रोनाल्डो र जाडोन साञ्चोले एक(एक गोल गरे । रोनाल्डोले ७८औं मिनेटमा गोल गरेका थिए ।

त्यसपछि ९०औं मिनेटमा साञ्चोले युनाइटेडका लागि अर्को गोल थपेका थिए । जितपछि शीर्ष स्थानमा रहँदै युनाइटेडले ५ खेलबाट १० अंक जोड्यो । दोस्रो स्थानमा रहेको भिल्लारियलको सात अंक छ । यही समूहको अर्को खेलमा एटलान्टा र योङ ब्याइजले ३–३ को बराबरी खेले ।

समूह एच बाट साविक विजेता चेल्सी अन्तिम १६ मा पुगेको छ । स्टामफोर्ड ब्रिजमा युभेन्ट्समाथि ४–० को नजिता निकाल्दै चेल्सीले नकआउट चरणमा पक्का पारेको हो । चेल्सीका लागि ट्रेभोह चालोबह, रिसे जेम्स, कालुम हड्सन ओडिइ र टीमो वेरनरले गोल गरे ।

शीर्ष स्थानमा उक्लिँदै चेल्सीले ५ खेलबाट १२ अंक जोड्दा युभेन्ट्सको पनि समान खेलबाट समान १२ अंक नै छ । यही समूहमा माल्मो एफएफ र जेनिथ सेन्ट पिटर्सवर्ग १–१ को बराबरीमा रोकिए ।

समूह ई मा बायर्न म्युनिखले डाइनामो किभमाथि २–१ को जित निकाल्यो । यस समूहबाट बायर्न यसअघि नै नकआउट चरणमा पुगिसकेको टोली हो । बायर्नले ५ खेलबाट १५ अंक जोडेको छ ।

उता नाउ क्याम्पमा सम्पन्न यही समूहको अर्को खेलमा बार्सिलोनाले बेन्फिकासँग गोलरहित बराबरी खेलेको छ । बराबरीमा रोकिए पनि बार्सिलोनाको नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ ।

दोस्रो स्थानमा रहेको बार्सिलोनाको ५ खेलबाट ७ अंक हुँदा समान खेलबाट बेन्फिकाको ५ अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्