अल्बर्ट आइन्स्टाइनद्वारा तयार सिद्धान्तको पाण्डुलिपि १३ मिलियन डलरमा बिक्री

हिमालय टिभी
२०७८ मंसिर ८ गते ७:५९
अल्बर्ट आइन्स्टाइनद्वारा तयार सिद्धान्तको पाण्डुलिपि १३ मिलियन डलरमा बिक्री

८ मंसिर २०७८ पेरिस । वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले सापेक्षताको सिद्धान्त तयार पार्ने प्रयास गर्दाको गणनासहितको पाण्डुलिपि लिलामीमा १३ मिलियन डलरमा बिक्री भएको छ ।

फ्रान्सको राजधानी पेरिसको क्रिस्टीको लिलामी घरमा भएको बिक्रीले आइन्स्टाइनले लेखेको कागजातको रेकर्ड तोडेको हो ।

यो आइस्टाइनको दुईवटा कागजातमध्ये एक हो जसले महान वैज्ञानिक सफलतामा गरेको कामलाई देखाउँछ । सन् १९१५ मा प्रकाशित यो सिद्धान्तले मानवजातिको अन्तरिक्ष, समय र गुरुत्वाकर्षणको बुझाइलाई परिवर्तन गर्न महत्वपूर्ण योगदान पुर्याएको थियो ।

गणनाको पाण्डुलिपि सन् १९१३ र १९१४ को बीच आइन्स्टाइन र उनका स्विस सहकर्मी मिशेल बेसोले लेखेका थिए । कागजमा कालो कलममा गणनाहरू छन् र सिद्धान्त तयार गर्ने क्रममा धेरै त्रुटिहरू रहेको देखाउंछ ।

तर ५४ पृष्ठको कागजको खरिदकर्ता भने खुलाइएको छैन । आइन्स्टाइनको सापेक्षताको सिद्धान्तले ब्रह्माण्डको उत्पत्ति, ग्रहको परिक्रमा र ब्ल्याक होल बारे प्रकाश पारेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *