खेलकूद

महिला टी–२० विश्वकप एसिया छनोट क्रिकेटमा नेपालले आज दोस्रो खेल खेल्दै

हिमालय टिभी
२०७८ मंसिर ७ गते ७:४८
महिला टी–२० विश्वकप एसिया छनोट क्रिकेटमा नेपालले आज दोस्रो खेल खेल्दै

७ मंसिर २०७८ दुबई । आईसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालले आज दोस्रो खेल खेल्दैछ ।

विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । दुबईस्थित आईसीसी एकेडेमीमा खेल नेपाली समय अनुसार दिउँसो सवा तीन बजे शुरू हुनेछ ।

भुटानलाई हराँदै नेपाल आज पहिलो जित निकाल्ने लक्ष्यमा रहनेछ । नेपाल हिजो सम्पन्न पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । उता भुटानको योजना लगातार दोस्रो जित निकाल्ने हुनेछ ।

पहिलो खेलमा भुटानले कुवेतलाई ४० रनले हराएको थियो । राउण्ड रोबिन अनुसार हुने ६ टोली सहभागी छनोटको विजेताले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।

नेपालले बिहिबार तेस्रो खेल कुवेतसँग, चौथो खेल शुक्रबार मलेसियासँग र पाँचौ खेलमा आइतबार युएईसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्