समाज

वातावरणीय सन्तुलन कायम राख्न तिनाउँ नदीमा छाडियो माछाका भुरा ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ६ गते १७:४५
वातावरणीय सन्तुलन कायम राख्न तिनाउँ नदीमा छाडियो माछाका भुरा ! (भिडियो रिपोर्टसहित)

६ मंसिर २०७८ रुपन्देही । वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यका साथ विश्व मत्स्य दिवसको अवसरमा माछापालक किसान र माछासँग सम्बन्धित कार्यालयहरुले तिनाउँ नदीमा हरेक वर्ष माछाका भुरा खोलामा छोड्ने गरेका छन् । तर पनि खोलानालाको सफाईमा भने ध्यान नदिँदा माछालगायत जलचरमाथिको जोखिम भने उत्तिकै छ ।

यो दृश्य तिनाउ नदीको हो । यसरी वर्षेनी विश्व मत्स्य दिवसको अवसरमा माछाका भुरा नदीमा छाडिदै आएको छ । बाढी, पहिरो र अत्यधिक दोहनले खोलामा पानीको स्रोत घटिरहेको छ ।

यसले जलचरको संंख्यामा क्रमिक रुपमा असर गरिरहेको छ । त्यसमाथि बजार र कलकारखानाबाट निस्किने रासायनिक र प्लाष्टिकजन्य फोहोर सिधै खोलामा मिसाइदा जलचरको जीवन चक्रमा गम्भिर असर पुगेको छ ।

जलचरको संरक्षण गर्दा पानीको मुहानको संरक्षण प्रमुख विषय हो । बजारबाट आउने ढलको फोहोर र दुषित पानी प्रशोधन नगरी सिधै खोलामा मिसाउनु हुँदैन । तर, यहाँका उद्योग, कलकारखानाबाट निस्किने रासायनिक फोहोरलाई रोक्न प्रशोधन नगरीकनै खोलामा मिसाइएको छ ।

पानीमा हुने प्राङ्गारिक पदार्थले फोहोर बढाउछ । ती फोहोर माछा तथा अन्य जलचरले खाएर पानीमा शुद्धता कायम राख्छन् । पानीमा जीवजन्तुको कमी भए पानीको गुणस्तरमा कमी आउँछ । माछा प्रशस्त भएको पानी मलिलो हुने हुँदा सिंचाइका लागि पनि उपयुक्त मानिन्छ ।

वातावरणीय सन्तुलन कायम राख्न जैविक बिविधताको संरक्षण र त्यसको सदुपयोग अपरिहार्य हुन्छ । वातावरणलाई सन्तुलनमा राख्न सबै प्राणी र वनस्पतिको आ(आफ्नो भूमिका हुन्छ । खोला नालामा जथाभावी रासायनिक फोहोर मिसाउँदा त्यसको असर सबै मानव प्राणीले समेत व्यहोर्नूपरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *