खेलकूद

महिला टी–२० विश्वकप एसिया छनोटमा आज नेपालले पहिलो खेल खेल्दै

हिमालय टिभी
२०७८ मंसिर ६ गते ८:२४
महिला टी–२० विश्वकप एसिया छनोटमा आज नेपालले पहिलो खेल खेल्दै

६ मंसिर २०७८ दुबई । आईसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालले आज पहिलो खेल खेल्दैछ ।

महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङको सामना गर्न लागेको हो ।

दुबईस्थित आईसीसी एकेडेमीमा नेपालको लक्ष्य प्रतियोगिताको सुखद शुरुवात गर्ने हुनेछ । तर हङकङविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुने छैन ।

पछिल्लो पटक नेपालले सन् २०१९ मा हङकङसँग प्रतिस्पर्धा गरेको थियो । विश्वकप छनोट अन्तर्गत नै बैंककमा भएको खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो ।

६ टोली सहभागी छनोटको विजेताले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ । छनोट अन्तर्गत नै नेपालले दोस्रो खेल भोलि भुटानसँग खेल्ने छ ।

त्यस्तै नेपालको तेस्रो खेलमा बिहिबार कुवेतसँग, चौथो खेल शुक्रबार मलेसियासँग र पाँचौ खेलमा आइतबार युएईसँग खेल्नेछ । आजको खेल नेपाली समय अनुसार बिहान सवा एघार बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्