खेलकूद

ए डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदै

हिमालय टिभी
२०७८ मंसिर ६ गते ८:०५
ए डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदै

६ मंसिर २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदैछन् ।

लीग अन्तर्गत आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुबै विभागीय टोलीको लक्ष्य सिजनको विजयी शुरुवात गर्ने हुनेछ ।

साविक उपविजेता आर्मीका कप्तान भरत खवास हुन् भने पुलिस राम बाजीको कप्तानीमा रहेको टोली हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो एक बजे शुरु हुनेछ ।

यस्तै आजको अर्को खेलमा साविक विजेता मछिन्द्र एफसी र न्यूरोड टिम एनआरटीले खेल्ने छन् ।

मछिन्द्रका कप्तान सुजल श्रेष्ठ हुन् भने एनआरटी अजित प्रजापतिको कप्तानीमा रहेको टोली हो । सोही मैदानमा खेल साँझ पौने पाँच बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्