आर्थिक

बैतडीको मेलौलीमा कपडा उद्योग सञ्चालनः ७ जनालाई रोजगारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ५ गते २०:२६
बैतडीको मेलौलीमा कपडा उद्योग सञ्चालनः ७ जनालाई रोजगारी (भिडियो रिपोर्टसहित)

५ मंसिर २०७८ काठमाडौं । बैतडीको मेलौली नगरपालिका वडा नम्बर १ मा कपडा उद्योग सञ्चालनमा आएको छ । लामो समय भारतमा रोजगारी गरेर गाउँ फर्किएका स्थानीय वीरेन्द्र सिँह नेगीले अहिले मेलौली बिपिजि होजरी उद्योग नाम दिएर कपडा उद्योग सञ्चालन गरेका हुन् । यो उद्योगले ७ जनालाई रोजगारी पनि दिएको छ भने केहीलाई सिप पनि सिकाइरहेको छ ।

गरिबीका कारण ११ वर्षको उमेरमा रोजगारी खोज्दै भारत पसेका बैतडी मेलौली नगरपालिका( १ का वीरेन्द्र सिंह नेगीले २४ वर्षसम्म भारतमा पसिना बगाउनुभयो । दुई दशकभन्दा बढी बिरानो मुलुकमा पसिना बगाउँदै काम गर्नुको तितो अनुभव बटुलेका सिंहले फर्किएर अहिले गाउँमै कपडा उद्योग सञ्चालन गर्नुभएको छ ।

यो उद्योगमा अहिले सबै प्रकारका कपडाहरु बन्ने गरेका छन् । बाहिरबाट कच्चा पदार्थ मगाएर कपडा उत्पादन गर्दै आएका नेगी उद्योग फस्टाउँदै गए पछि खुसी हुनुहुन्छ। बजारको तुलनामा यहाँबाट उत्पादित कपडाहरु सस्तो र दिगो हुने भएकाले बजारमा माग पनि बढ्दै गएको छ । गाउँमै उद्योग सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले पनि रोजगारी पाएका छन ।

उद्योग सञ्चालक नेगीले सरकारी पक्षबाट भने उद्योगमा कुनै अनुदान तथा प्रोत्साहन नपाएको गुनासो गर्नुभएको छ ।

नेगी जस्तै विदेशमा सिकेको सीप स्वदेशमै सदुपयोग गर्दै ब्यवसाय सञ्चालन गर्न चाहनेहरु अहिले धेरै छन् । तर उनीहरुको ब्यबसायलाई टेवा पुग्ने तथा जोखिम न्युनिकरण हुने गरी सरकारबाट उचित सहयोग भएको पाइँदैन् । देशको अर्थतन्त्रमा समेत सहयोग पुग्ने गरी ब्यबसाय सञ्चालन गर्नेहरुबारे तीनै तहका सरकारले सोच्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *