आर्थिक

सडक विस्तार नहुँदा तानसेनका किसान मर्कामा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ५ गते १८:३२
सडक विस्तार नहुँदा तानसेनका किसान मर्कामा (भिडियो रिपोर्टसहित)

५ मंसिर २०७८ पाल्पा । पाल्पाको तानसेन नगरपालिका भित्रको दलित तथा जनजाति बस्तीमा अझै सडक विस्तार हुन सकेको छैन । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा– बुटबल सडक खण्डको जहरेपिपलबाट जमुनाखर्कसम्म सडक नहुँदा पैदल यात्रा मात्र होइन गाउँमा उत्पादित कृषिजन्य सामग्री पनि बोकेर बजार लैजानुपर्ने बाध्यता छ।

पाल्पाको तानसेन नगरपालिकामा व्यावसायिक तराकारी खेती गर्नेको संख्या बढ्दो छ । तरकारी खेतीबाट राम्रो आम्दानी समेत हुन्छ । तर, खेतबारीमा उत्पादित तरकारी मानिसले बोकेर नै जहरेपीपलसम्म पुर्‍याउनु पर्ने बाध्यता छ ।

जमुनाखर्कका बासिन्दालाई फराकिलो सडक र गाडी देख्न सिद्धार्थराजमार्ग अन्तर्गतको जहरेपिपलमा पुग्नुपर्ने बाध्यता छ ।

स्थानीय सरकार नागरिकको नजिकको सरकार हो । देश संघीयतामा गएपछि सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा पनि घन्कियो । तर, सडक नहुँदा बिरामी र सुत्केरीलाई अस्पताल लैजान सहज बाटो समेत छैन ।

गाउँसम्म सडक ल्याउन नगरपालिकाले बजेट पनि विनियोजना गरेको थियो । तर पहिरोका कारण काम हुन सकेको छैन ।

नगरपालिकाका हरेक टोल र बस्तिमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षाको भरपर्दो सुविधा पुर्‍याउन तीनै तहका सरकारले काम गर्न जरूरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *