खेलकूद

‘ए’ डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदै

हिमालय टिभी
२०७८ मंसिर ५ गते ९:३१
‘ए’ डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदै

५ मंसिर २०७८ काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लीग फूटबलमा आज दुई खेल हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र एपीएफ फूटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । ब्रिगेड र एपीएफबीचको खेल दिउँसो १ बजे शुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र जावलाखेलबीचको खेल ४ः४५ मा शुरु हुनेछ ।

यसअघि हिजो भएको पहिलोे खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् भने दोस्रो खेलमा थ्री स्टार क्लबले च्यासल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै जितको शुरुवात गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्