समाज

पोखरा विमानस्थलको जग्गा स्वार्थ केन्द्रले हडप्न सक्ने चिन्ता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ५ गते ६:१५
पोखरा विमानस्थलको जग्गा स्वार्थ केन्द्रले हडप्न सक्ने चिन्ता (भिडियो रिपोर्टसहित)

५ मंसिर २०७८ काठमाडौं । निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा पुगेको छ । नयाँ विमानस्थलबाट उडान र अवतरण सुरु भए पछि अहिले संचालनमा रहेको विमानस्थल के हुन्छ भन्नेमा बहस सुरु भएको छ ।

पोखरेलीले यो विमानस्थलको जग्गालाई अन्य प्रयोजनका लागि दिन नहुने खुल्ला स्थानको रुपमा राख्नुपर्ने बताउछन् । विभिन्न स्वार्थ केन्द्रले राजनीतिक प्रभावमा विमानस्थलको जग्गा हडप्न सक्ने चिन्ता पनि व्यक्त हुन थालेको छ ।

पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको ८७ प्रतिशत काम सकिएको छ । एक वर्ष पछि यो अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्ने गरि अहिले काम भइरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थल संचालनको तयारी भइरहँदा अहिले चालु अवस्थामा रहेको विमानस्थल के गर्ने भन्ने चर्चा पनि पोखरामा सुरु भएको छ ।

नयाँ विमानस्थल संचालनमा जति पोखरेलीको चासो छ, त्यो भन्दा बढि चासो पुरानो विमानस्थलतर्फ छ । यसको पछाडिको रहस्य के हो भने नयाँ विमानस्थल बने पछि करिब १२ सय रोपनी क्षेत्रफलमा फैलिएको पुरानो विमानस्थलको जग्गा के होला रु यो जग्गामा अहिले धेरैको आँखा लागेको छ । नागरिकबाट अधिकरण गरि विमानस्थल संचालनको लागि लिइएको जग्गा अन्य प्रयोजनका लागि दिन नहुने भन्दै पोखरेलीले दबाब बढाएका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आए पछि आन्तरिक उडान पनि यही विमानस्थलबाटै हुनेछ । जग्गाको स्वामित्व भएको प्राधिकरण भने हेलिकोप्टर र अल्ट्रालाइटको उडानलाई यथावत रुपमा संचालन गर्ने र जग्गा आफ्नो स्वामित्वबाट फुत्किन नदिने राणनीतिमा छ । तर उसले अघि एउटै शहरमा दुईवटा विमानस्थल संचालन हुन नसक्ने बताएको थियो ।

अर्को तर्फ विमानस्थलबाट पर्यटकलाई केन्द्रीत गरि साहसिक मनोरञ्जनात्मक गतिविधि अल्ट्रालाइट संचालन हुँदै आएको छ । अढाई दशकदेखि अल्ट्रालाइट जहाज सञ्चालन गरिरहेको संस्था एभिया क्लवले चालु विमनस्थलबाटै उडानको व्यवस्था मिलाइदिन आग्रह गरेको छ । साहसिक गतिविधिसहित आपतकालिन अवस्थामा प्रयोग गर्न मिल्ने गरि विमानस्थल चालु अवस्थामा राख्नु पर्नेमा उसको जोड छ ।

नयाँ विमानस्थल संचालनमा आएपछि पुरानोलाई अन्य काममा उपयोगमा ल्याउनेगरि सरकारले योजना बनाउन सक्छ । जुन पोखरेलीको इच्छा विपरीत हुन सक्ने भन्दै आशंका व्यक्त हुन थालेका छन् । खासगरी ठुला भौतिक पूर्वाधार बनाउने गरि जग्गा प्रयोग नहोस् भन्नेमा पोखरेलीले खवरदारी गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *