खेलकूद

ए भिडिजन लीगमा थ्री स्टारको विजयी शुरुवात, शेर्पा र संकटाले अंक बाँडे

हिमालय टिभी
२०७८ मंसिर ४ गते १९:०३
ए भिडिजन लीगमा थ्री स्टारको विजयी शुरुवात, शेर्पा र संकटाले अंक बाँडे

४ मंसिर २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबले विजयी शुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा च्यासल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले सानदार सुरुआत गरेको हो । थ्री स्टारको जितमा निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले एक एक गोल गरे ।

सेट पिस मा बलियो देखिएको थ्री स्टारले पहिलो हाफमै दुई गोल गरेको थियो । खेलको २२ औं निशानले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २६ औं मिनेटमा च्यासलले पेनाल्टीमा गोल गर्न सकेन ।

उसका नेपाली मुलका इटालियन फरवार्ड विकास मेराग्लियाको पेनाल्टी प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाए । ४४ औं मिनेटमा थ्री स्टारले २–० को अग्रता बनायो । त्यसपछि खेलको ५८ औं मिनेटमा अनन्तले गोल गर्दै थ्री स्टारलाई ३–० को जित दिलाए ।

हेमन्त थापा मगरको फ्रिकिकमा अनन्तले हेडरमार्फत गोल गरेका हुन् । जितसँगै थ्री स्टारले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

यसअघि आजै हिमालयन शेर्पा र संकटा क्लबले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै गोल दोस्रो हाफमा भएका थिए । ६० औँ मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई अग्रता दिलाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्