खेलकूद

एपीएफका किरणसिंह बोगटीलाई सातौँ नेपालगञ्ज म्याराथनको उपाधि (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ४ गते १५:४१
एपीएफका किरणसिंह बोगटीलाई सातौँ नेपालगञ्ज म्याराथनको उपाधि (भिडियो रिपोर्टसहित)

४ मंसिर २०७८ बाँके । सातौँ नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ)का किरणसिंह बोगटीले जितेका छन् ।

नेपालगञ्जको सुर्खेत रोडमा आज भएको म्याराथन उनले २ घण्टा २९ मिनेट ४१ सेकेण्डमा ४२ किलोमिटर पूरा गरी उपाधि हात पारेका हुन् । योसँगै उनले एक लाख रूपैयाँ पुरस्कार जितेका छन् ।

किरण सागको गत संस्करणका समेत स्वर्ण पदकधारी खेलाडी हुन् । यस्तै नेपाली सेनाका नरेन्द्र रावलले २ घण्टा ३३ मिनेट २८ सेकेण्डमा म्याराथन पूरा गरेर दोस्रो स्थान हाँसिल गरे । उनले ५० हजार नगद पुरस्कार पाए । विजेता बोगटीले आजको यो दौडलाई आफूले बंगलादेशमा जनवरी १० मा हुन म्यारथनको अभ्यासका रुपमा लिएको बताए ।

यसैगरी, नेपालगञ्ज हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले हात पारिन् । एक घण्टा १८ मिनेट ४८ सेकेण्डमा हाफ म्याराथन पूरा गरेकी उनले ५१ हजार पुरस्कार पाइन् ।

उनी पनि १३ औँ सागमा १० किलोमिटरतर्फ स्वर्ण विजेता खेलाडी हुन् । एपीएफकी पुष्पा भण्डारीले एक घण्टा १९ मिनेट १८ सेकेण्डमा दौड पूरा गरिन् । विजेता सन्तोषीले कोरोना कहरका कारण लामो समयपछि दौडिन पाएकोमा खुसी व्यक्त गरिन् ।

क्रियटिभ ह्याण्डसले सरकार र तत्कालीन विद्रोही माओवादीबीच ५ मंसिर २०६३ मा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्