खेलकूद

ए डिभिजन लीगमा आज दुई खेल हुँदै

हिमालय टिभी
२०७८ मंसिर ४ गते ८:०३
ए डिभिजन लीगमा आज दुई खेल हुँदै

४ मंसिर २०७८ काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लीग फुटबलमा आज दुई खेल हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन शेर्पा र संकटाबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

आज दुबै टिम जित निकाल्दै सिजनको सुखद सुरुआत नगर्ने योजनामा रहेका छन् । हिमालयन शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा मैदान उत्रनेछ । संकटाको कप्तानी रवि सिलवालले गर्ने छन् ।

यस्तै दोस्रो खेलमा ललितपुरका दुई क्लब थ्री स्टार र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र च्यासलबीचको ललितपुर डर्बी भिडन्त पौने पाँच बजे सुरु हुनेछ । उपाधि दाबेदार थ्री स्टार र च्यासल पहिलो खेलमा जित निकाल्दै सिजनको सुरुआत सुखद बनाउन चाहन्छन् ।

त्यसैले दुई छिमेकी प्रतिद्वन्दीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।थ्री स्टार बिक्रम लामाको कप्तानीमा मैदान उत्रने छ । यस्तै च्यासलको कप्तानी अनुभवी खेलाडी बिराज महर्जनले गर्ने छन् । लीगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन् । लीगको उद्घाटन खेलमा हिजो सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्