कांग्रेस निर्वाचन मत परिणाम : इलाम प्रदेश – २ सभापतिमा चौहान

४ मंसिर २०७८ इलाम । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्र्तगत इलाममा भएको अधिवेशनमा प्रदेशसभा २ (क) को सभापति पदमा गोपाल चौहान निर्वाचित हुनुभएको छ ।
उहाँ २२९ मतसहित विजयी बन्नुभएको हो । आज बिहान सम्पन्न मत परिणामअनुसार उहाँका निकटतम प्रतिस्पर्धी राजेन्द्र बाँस्तोलाले १६० प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपसभापति पदमा विष्णु सुब्बा र मनकुमार गुरुङ विजयी बन्नुभएको छ । उहाँहरुले क्रमशः २४४ र २३५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै सचिवमा श्री विष्ट र दीपेश खत्री विजयी हुनुभएको छ । उहाँहरुले क्रमशः २६७ र २२४ मत प्राप्त गर्नुभएको छ । सहसचिव पदमा राजेन्द्र पौडेल (रिकी) र सूर्यबहादुर कार्की जिनयी हुनुभएको छ । उहाँहरुले क्रमशः २७० र २५६ मत प्राप्त गर्नुभएको छ । जिल्लाका अन्य स्थानको समेत मत परिणाम आइसकेको छैन । अन्य स्थानको भने मत गणना भइरहेको छ ।
म्याग्दीः नेपाली कांग्रेस म्याग्दीका उपसभापति ्लगायत पदाधिकारी मतदानबाट चुनिएका छन् । जिल्ला सदरमुकाम बेनीमा भएको सातौँ जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) निर्विरोध भए पनि उपसभापति, सचिव, सहसचिव, सदस्य र महाधिवेशन प्रतिनिधिका लागि बिहीबार मतदान भएको थियो ।
शनिबार बिहानसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार उपसभापतिमा हरिकुमार श्रेष्ठ र कर्णबहादुर भण्डारी (केबी), सचिमा हीराबहादुर पुन र भरत रकाल, सहसचिवमा श्रीराम पौडेल र धु्रुवराज कार्की निर्वाचिन हुनुभएको निर्बाचन अधिकृत निरञ्जन राजभण्डारीले बताउनुभयो ।
४५ वटा वडाको अधिवेशनबाट चयन भएका ७३५ जना प्रतिनिधिमध्ये ७१२ जनाले मतदान गरेका थिए । उपसभापतिमा विजयी बेनी नगरपालिकाका प्रमुखसमेत रहनुभएका श्रेष्ठले ३५४ र भण्डारीले ३७९ मत प्राप्त गर्नुभएको छ ।
सचिवमा निर्वाचित पुनले ३६९ र रकालले ३५७ मत प्राप्त प्राप्त गर्नुभयो । सहसचिवमा निर्वाचित कार्कीले ४०५ र पौडेलले ३८७ मत ल्याउँदा अर्का प्रत्यासी कमल उपाध्यायले २३१ मत पाउनुभयो । सदस्य र महाधिवेशन प्रतिनिधिको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छैन । खम्बिर गर्बुजा लगातार दोस्रो कार्यकालका लागि कांग्रेसको जिल्ला सभापति निर्विरोध निर्वाचित हुनुभएको हो । बेलायती गोर्खा सैनिकका सेवानिवृत्त गर्बुजा विसं २०७० र २०७४ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर पराजित हुनुभएको थियो ।
प्रतिक्रिया