आर्थिक

गहुँ छर्ने बेलामा मलको अभाव, बाँके र बर्दियाका किसान समस्यामा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ३ गते १८:३७
गहुँ छर्ने बेलामा मलको अभाव, बाँके र बर्दियाका किसान समस्यामा (भिडियो रिपोर्टसहित)

३ मंसिर २०७८ बाँके । गहुँ खेतीको मुख्य सिजनमै रासायनिक मलको अभाव भएपछि बाँके र बर्दियाका किसान समस्यामा परेका छन् । खेतीका लागि अत्यावश्यक डीएपी मल नहुँदा किसानहरुले गहुँ छर्न पाएका छैनन् ।

डीएपी मल गहुँसँगै खेतबारीमा छर्नुपर्छ । गहुँ छर्ने सिजन भइसके पनि कार्तिकको दोस्रो सातादेखि नै बाँके बर्दियामा डीएपी मल अभाव छ । कृषि सहकारी संस्थामा मल कहिले आउछ भन्ने अझै टुंगो छैन । मल आउने टुङ्गो नभए पछि केही किसानले मल बिनै गहुँ छर्न शुरु गरेका छन् ।

मल पाउने आशामा किसान कृषि सामग्री कम्पनीको कार्यालय र सहकारीमा दैनिकजस्तो पुग्ने गरे पनि निराश भएर फर्कने गरेका छन् ।

कृषि सामग्री कम्पनीका देशैभरका गोदामहरुमा डीएपी मलको अभाव छ । बाँके र बर्दियामा यो सिजनमा पहिलोपल्ट न्युन मात्रामा डीएपी मल आएको छ । गहुँ खेतीका लागि बाँके र बर्दियामा कम्तीमा एक रएक हजार मेट्रिक टन डीएपी मल आवश्यक पर्छ ।

तर गहुँ खेतीको सिजन शुरु भइसके पनि बाँके बर्दियामा यो बर्ष ६०–७० मेट्रिक टन मात्रै डीएपी मल आएको छ । गहुँ खेतीका लागि किसानबाट डीएपी मलको अत्यधिक माग भए पनि कृषि सामग्री कम्पनीले एउटा सहकारीलाई ५०–६० बोरा देखि एक सय बोरा मात्रै डीएपी मल दिने गरेको छ ।

कार्तिक महिनाभर डीएपी मलको अभाव भए पनि मंसिर १ गतेदेखि डीएपी मल आउन शुरु गरेको कृषि सामग्री कम्पनीको दाबी छ ।

अन्न भन्डारको रुपमा रहेका बाँके र बर्दियामा मल अभावका कारण गहुँको उत्पादनसमेत घट्ने जोखिम बढेको छ । बाँकेमा १७ हजार ९ सय १३ र बर्दियामा १८ हजार ८ सय ९० हेक्टरमा गहुँ खेती हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *