खेलकूद

अमेरिका र चीनबीच तनाव बढ्दो, शीतकालीन ओलम्पिक्स बहिस्कारको सम्भावना

हिमालय टिभी
२०७८ मंसिर ३ गते ९:५५
अमेरिका र चीनबीच तनाव बढ्दो, शीतकालीन ओलम्पिक्स बहिस्कारको सम्भावना

३ मंसिर २०७८ न्युयोर्क । विश्व महाशक्ति राष्ट्र अमेरिका र चीनबीच तनाब बढिरहेको बेला अमेरिकाले बेइजिङ शीतकालीन ओलम्पिक्स बहिष्कारको सम्भावना बढेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले चीनमा हुने शीतकालीन ओलम्पिक्सको कूटनीतिक बहिष्कारबारे विचार गरिरहेको बताएका छन् । पाँच वर्षपछि उत्तर अमेरिकी सम्मेलनमा मेक्सिको र क्यानडाका नेताहरू वासिङ्टनमा भेला भएका बेला बाइडनको उक्त भनाइ आएको हो ।

कूटनीतिक बहिष्कार भए कुनै पनि अमेरिकी अधिकारीहरू उक्त खेल समारोहमा भाग लिने छैनन् । चीनमा मानवअधिकार हनन भएको भन्दै डेमोक्र्याटिक र रिपब्लिकन दुवै पार्टीका सांसदले चीनसँग कूटनीतिक बहिष्कार गर्नुपर्ने बताइरहेका छन् ।

तर त्यस्तो बहिष्कारले खेलाडीलाई भने असर गर्ने छैन । ह्वाइट हाउसकी प्रवक्ताले भने बेइजिङ शीतकालीन ओलम्पिक्समा अमेरिकाको उपस्थितिबारे टुङ्गो लागि नसकेको बताएकी छन् ।

अमेरिका र चीनबीच हङकङ, ताइवान, व्यापार, मानवअधिकारलगायतका मुद्धालाई लिएर तनाव छ । बेइजिङमा आगामी फेब्रुअरी ४ बाट शीतकालीन ओलम्पिक्स शुरु हुँदै छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्