न्यूजिल्याण्डविरुद्धको पहिलो टी–२० क्रिकेटमा भारत विजयी
२ मंसिर २०७८ काठमाडौं । न्यूजिल्याण्डविरुद्धको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलमा भारत विजयी भएको छ ।
घरेलु टोली भारत पहिलो खेलमा न्यूजिल्याण्डलाई ५ विकेटले हराएको हो । १ सय ६५ रनको लक्ष्य भारतले २ बल अगावै ५ विकेटको नोक्सानीमा भेट्टाएको थियो ।
भारतका लागि सूर्यकुमार यादवले ६२ रनको अर्धशतकीय इनिंग्स खेले । त्यस्तै कप्तान रोहित शर्मा ४८ रनमा आउट भए । न्यूजिल्याण्डका ट्रेन्ट बोल्डले दुई विकेट लिए ।
यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । उसका लागि मार्टिन गुप्टिलले ७० तथा मार्क चापम्यानले ६३ रन बनाए ।
बलिङमा भारतका भुवनेश्वर कुमार र रविचन्द्रन आश्विनले समान २(२ विकेट हात पारे । जितसँगै भारतले ३ खेलको श्रृंखलामा १(० को अग्रता बनाएको छ । दोस्रो खेल भोलि हुनेछ ।
प्रतिक्रिया