खेलकूद

नेपाली महिला क्रिकेट टोलीले आज कतारसँग तेस्रो खेल खेल्दै

हिमालय टिभी
२०७८ मंसिर २ गते ८:२०
नेपाली महिला क्रिकेट टोलीले आज कतारसँग तेस्रो खेल खेल्दै

२ मंसिर २०७८ दोहा । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज कतारसँग तेस्रो तथा ट्वेन्टी–ट्वेन्टी खेल्दैछ ।

कतार भ्रमणमा रहेको नेपालले तीन खेलको श्रृंखला अन्तर्गत आज तेस्रो खेल खेल्न लागेको हो । नेपालले पहिलो अन्तराष्ट्रिय ट्वेन्टी(ट्वेन्टी क्रिकेट श्रृंखला जित्ने क्रममा लगातार दुई खेल जितिसकेको छ ।

आजको खेल जित्दै नेपाल श्रृंखला क्लीन स्विप गर्ने लक्ष्यमा रहनेछ । नेपालले पहिलो खेल ११९ र दोस्रो खेल ६१ रनले जितेको थियो । आईसीसी महिला ट्वेन्टी ट्वेन्टी विश्वकपका लागि एसिया छनोटको तयारीका क्रममा नेपालले कतारसँग तीन खेलको श्रृंखला खेलिरहेको हो ।

कतारको दोहास्थित वेष्ट इण्ड पार्क अन्तराष्ट्रिय क्रिकेट रंगशालामा खेल दिउँसो पौने चार बजे शुरु हुनेछ ।

विश्वकप छनोट यही नोभेम्बर २२ देखि २८ तारिखसम्म दुबईमा आयोजना हुनेछ । विश्वकप छनोट खेल्न नेपाली टोली भोलि कतारबाटै दुबई प्रस्थान गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्