खेलकूद

नेपाललाई एक खेलअघि नै पहिलो अन्तर्राष्ट्रिय सिरज

हिमालय टिभी
२०७८ मंसिर १ गते १९:२२
नेपाललाई एक खेलअघि नै पहिलो अन्तर्राष्ट्रिय सिरज

१ मंसिर २०७८ काठमाडौं । पहिलो अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्दै गरेको नेपालले कतारसँगको सिरिज एक खेलअघि नै जितेको छ ।

वेस्ट इन्ड पार्क स्टेडियम दोहामा भएको सिरिजको दोस्रो खेलमा नेपालले घरेलु टोली कतारलाई ६१ रनले हराएको हो । जितका लागि १ सय ३० रनको लक्ष्य पछ्याएको कतारले इनिङ्स सकिन ३ बल अघिनै सबै विकेट गुमाएर ६८ रन मात्र बनायो ।

कतारका लागि कप्तान आइसाले २४ र केरी पाउनसेट्ले १५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कतारको ब्याटिङ धरासयी बनाउन नेपालकी सरस्वती कुमारी एक्लैले ४ विकेट लिइन् । त्यस्तै, रुविना क्षेत्रीले २ विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओरभमा ६ विकेट गुमाएर १ सय २९ रन बनायो । २ विकेट गुमाउँदा मात्र २० रन जोडेको नेपालका लागि ओपनर कविता कुँवर र कप्तान रुविना क्षेत्रीले ५६ रनको साझेदारी गरे । रुविनाले ५० रनको अर्धशतकीय पाली खेल्दा कविताले ३१ रनको योगदान दिइन् । त्यस्तै अप्सरी बेगमले नटआउट २३ रन बनाइन् ।

लगातार दुई खेल जित्दै नेपाल एक खेल अघिनै सिरिज जित्ने लक्ष्यमा छ । ३ खेलको ट्वेन्टी ट्वेन्टी सिरिजको पहिलो खेलमा हिजो नेपालले कतारलाई १ सय १९ रनको फराकिलो अन्तरले हराएको थियो ।

आईसिसी महिला ट्वेन्टी ट्वेन्टी विश्वकपको एसिया छनोटको तयारी रहेको नेपालले कतारसँग पहिलो अन्तराष्ट्रिय सिरिज खेलिरहेको हो । सिरिजको अन्तिम खेल भोली हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *